सहज जित रियलको

 स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले इबरलाई ३-१ गोल अन्तरले हराएको हो ।

खेलको छैटौं मिनेटमा बेन्जिमाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । १३औं मिनेटमा मोड्रिचले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । उता घरेलु टोली इबरका लागि किकेले २८औं मिनेटमा गोल गर्दै टिमलाई २-१ गोलको अवस्थामा ल्याए । 

खेलको इन्ज्युरी समयमा लुकासले गोल गर्दै टिमलाई ३-१ गोलको जित दिलाउन सफल भए । जितसँगै रियलले लिगमा १४ खेलमा २९ अंक जोडेको छ । पराजित इबर १५ अंक जोड्दै १४औं स्थानमा छ । 

इबरको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा, लुका मोड्रिच र लुकास भेक्युजले एक-एक गोल गर्न सफल भए । उता घरेलु टोली इबरका लागि किकेले एक गोल फर्काए ।

Leave a Reply