काजल अग्रवाल र गौतम विवाह बन्धनमा बाँधिए

भारतीय अभिनेत्री काजल अग्रवाल र व्यवसायी गौतम किचलू विवाह बन्धनमा बाँधिएका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले शुक्रबार मुम्बईको एक होटलमा विवाह गरेका हुन्।
विवाहको समारोहमा काजल रातो लेहेंगा सजिएकी थिइन्। उनी एकदम खुलेकी थिइन्। उनको अनुहारमा छुट्टै चमक देखिन्थ्यो।त्यसैगरी गौतमले भने सेतो शेरवानी लगाएका थिए।

Leave a Reply