इन्स्टाग्राम ह्‌याक, साइबर सेलमा उजुरी अभिनेत्री उर्मिला

अभिनयबाट राजनीतिमा होमिएकी अभिनेत्री उर्मिला मातोडकरको इन्स्टाग्राम अकाउन्ट ह्‌याक भएको छ । उनले यसको उजुरी महाराष्ट्र प्रहरीको साइबर सेलमा दर्ता गराएकी छन् ।

उनले ट्‌विट गर्दै लेखेकी छिन्, “मेरो इन्स्टाग्राम अकाउन्ट ह्‌याक भएको छ । पहिला उनीहरुले सीधा म्यासेज गर्छन् र केही चरणहरु फलो गर्न भन्छन् । अकाउन्ट प्रमाणित गर्छन् र त्यसपछि ह्‌याक हुन्छ ।त्यसलगत्तै उनले दोस्रो ट्‌विट गर्दै अकाउन्ट ह्‌याक भएको उजुरी दर्ता गराएको जानकारी पनि दिएकी छिन् । उनी लेख्छिन्, “साइबर क्राइमलाई महिलाहरुले हल्का रुपमा लिनुपर्छ…म जब यसबारे उजुरी दिन प्रहरी चौकी पुग्दा त्यहाँ डीसीपी रस्मी करणडीकरसँग भेटेँ, उहाँले यो अपराधसम्बन्धी धेरै कुराबारे जानकारी दिनुभयो । भविष्यमा यसबारे अवश्य काम गर्नेछु ।”

Leave a Reply