टिकटकमा भाइरल जोडी भेटिए सारङी बजाउदै मिठो गित गाउने

उनीहरुले गर्ने विभिन्न कृयाकलापले अरुलाई पनि रमाइलो गराउँछन् । अरुलाई मनोरञ्जन दिने यि जोडीले आफ्नो जिवन धान्ने उपाय पनि यसैलाई बनाएका छन् । यो जोडी अहिले टिकटकमा पनि निकै भाइरल छन् । उनीहरु दागंमा छन् । कलौटे गन्धर्व (विराज गन्धर्वका बुवा) र उनकी श्रीमती निकै रमाइला जोडी हुन् ।

उनीहरुका गीत र नाच टिकटकमा निकै भाइरल छन् । टिकटकमा भाइरल भएका यि जोडीलाई खोज्दै युट्युवर पनि पुग्न थालेका छन् । उनीहरुले युट्युवरका अगाडी पनि निकै रमाइलो गरेका छन् । यसरी रमाइलो गर्दै उनीहरुले दिनमा एक हजार १२ सय सम्म कमाउने गरेको श्रीमतीले बताइन् ।

अहिले बृद्ध अवस्थामा त यति रमाइलो गर्ने यो जोडीको बैंस कस्तो थियो होला ? युट्युवरको प्रश्नमा श्रीमती भन्छिन्, हाम्रो जोडी दही जमेजस्तै जमेको छ । उनीहरुले ठाउँठाउँमा गाएका गीत युट्युवमा भाइरल भएको हो । श्रीमान सारंगी बजाउँदै गीत गाउने श्रीमती नाच्ने ।

सामाजिक सञ्जालका कारण अहिले गाउँका कुनामा लुकेर बसेकाहरु पनि भाइरल भएका छन् । उनीहरुको अनौठो ब्यवहारका कारण सामाजिक सञ्जालमा भाइरल हुन्छन् । अहिले एक जोडी यस्तै कारणले भाइरल भएका छन् । श्रीमान श्रीमती नै गीत गाउने र नाच्ने गर्छन ।

Leave a Reply