शिक्षकको घाँटी रेटेर हत्या

मंसिर २४,काठमाडौ ।मोरङ मिक्लाजुङ स्थित सरस्वती आधारभुत बिधालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरियो।मिक्लाजुङ गाउँपालिका -०१ बर्खेका ५३ बर्षिया श्रेष्ठको शव जङ्गलमा फेला पर्यो।

पाँच -सात जनाको अज्ञात समुहले मंगलवार बिहान श्रेष्ठलाई घरबाटै अपहरण गरि लगभग एक किलोमिटर पर लागि देउढुङ्गा जङ्गलमा लागि हत्या गरेर फालेको अबस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। श्रेष्ठको अपहरण भएको करिब १:०० पछि जङ्गलमा बन्दुकको ठुलो आवाज आएपछि गोली प्रहार गरिएको खबर स्थानीयले दिएको प्रहरीको भनाइ छ।श्रेष्ठको गोली प्रहार बाट नभइ धारिलो हतियारले घाँटी रेटेर टाउकोमा लाठी प्रहार गरेर हत्या भएको घटनास्थलमा पुगेको प्रहरी टोलिले जनाएको छ।

नेत्रबिक्रम चन्द `विप्लव ´ नेतृत्वको नेकपा मेची -कोशी ब्यूरोले मंगलवार साझ प्रेस बिज्ञाप्ति जारी गर्दै हत्याको जिम्मेवारी लिएको छ।बिज्ञाप्तिमा श्रेष्ठमाथी केही समयदेखि आफुहरु विरुद्ध सुराकी गरिरहेको र सुरक्षाकर्मी बोलाइ कारबाही गरेको आरोप लगाइएको छ।यो घटनाले तत्कालीन माओवादी द्वन्दको समयमा लम्जुङमा मुक्तिनाथ अधिकारिको हत्या भएको घटनाको झल्को दिएको छ।उतिबेला माओवादीले अधिकारी लाई पनि यसै गरि हत्या गरेका थिए।

घटनास्थलमा करिब ८:०० घण्टा पछाडि प्रहरी पुगेको थियो।त्यहा पुग्दा दुबै हात पछाडी पारी उत्तानो परेको र आधा भाग घाँटी रेटेको तथा जमिनमा मडारिएको अबस्थामा श्रेष्ठको शव थियो।घटनास्थलमा लाठी ,श्रेष्ठले लगाउने टोपी ,चप्पल र मोबाईल प्रहरीले फेला पारेको छ।

Leave a Reply