सनराइज बैंकमा विवाद

व्यवसायीक घराना दुगड समूहको विवाद बैंकका पनि देखा परेको हो । काका (मोतिलाल) भतिज (मालचन्द्र) बीचको पारिवारिक विवाद बैंक समस्याको भुमरीमा फस्दै गएको छ । 

उनीहरुबीच देखिएको विवादले बैंक व्यवस्थापन समूहले समेत राम्रो काम देखाउन नसकेको र विवाद तल्लो तहसम्म पुग्ने देखिएपछि राष्ट्र बैंकले पटक पटक यस्तो चेतावनी दिनुपरेको स्रोत बताउँछ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा अध्यक्ष मोतिलाल दुगडको बलमा निरज कुमार श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णयसँगै बैंकमा ‘काका–भतिज’ बीचको विवाद सतहमा आएको थियो । 

सनराइज बैंकमा सञ्चालकहरुको कलह उत्कर्षमा पुगेको छ । बैंक सञ्चालक समितिको नेतृत्वमा लगातार विवाद भइरहेपछि राष्ट्र बैंकले हस्तक्षेप गर्ने चेतावनी दिएको छ । अध्यक्ष मोतीलाल दुगड र सञ्चालक मालचन्द्र दुगडबीचको विवाद उत्कर्षमा पुगेपछि राष्ट्र बैंकले हस्तक्षेप गर्ने चेतावनी दिएको हो । 
उनीहरुबीच बैंकको भन्दा पनि दुगड समूहको नेतृत्व कसले लिने भन्ने विवाद देखिएका कारण बैंकमा समस्या देखिएको स्रोतको दाबी छ ।

बैंकमा अन्य समस्या भने नरहेको बताइएको छ । 

बैंकमाा खुई खेमा भएर एक पक्षले अर्को पक्षलाई स्वीकार गर्ने अवस्था नरहेको बताइएको छ । बैंकमा सञ्चालक मालचन्द्र दुगड कुनै पनि हालतमा मोतिलाल दुगडलाई सञ्चालक समित अध्यक्षबाट हटाउने पक्षमा रहेका छन् ।  यता मोतिलाल भने कुनै पनि हालमा बैंकको नेतृत्व छोड्ने पक्षमा छैनन् । उनीहरुको मुख्य विवाद नै दुगड समूहको नेतृत्व कसले लिने भन्ने रहेको छ ।

पछिल्लोपटक साउन ११ गते पनि राष्ट्र बैंक सञ्चालक समितिले बोलाएर विवाद समाधान गर्न अन्यथा कारबाही गर्ने चेतावनी दिएको थियो । पुस १४ गते मंगलबार पनि राष्ट्र बैंकले बैंक सञ्चालक समितिलाई बोलाएर छलफल गरेको छ । 

Leave a Reply