ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं – आज साताको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलामा १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९२ हजार ९५० रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाले घटेको छ । आज चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि बिहेको लगनले बढ्यो सुनचाँदी कारोबार, दैनिक २० किलो बढी खपत

मंसिर महिनालाई बिहेको महिना पनि भनिन्छ । यो महिनामा धेरै सम्बन्धहरु जोडिएका हुन्छन् । बिहेको बेला धेरैले सुनचाँदीका गहना बनाउने गर्दछन् । मंसिरमा विवाहको साइत धेरै हुने र कारोबारमा पनि सुधार आएपछि सुनचाँदी व्यवसायी खुशी देखिएका छन् ।

कोरोना भाइरसका कारण जारी गरिएको लकडाउन र सुनचाँदीको मूल्यमा उच्च वृद्धि आएपछि कारोबार ठप्प भएर आत्तिएका व्यवसायी मंसिरमा व्यावसाय चलायमान भएपछि सुनचाँदी व्यवसायी खुशी देखिएका हुन् । विवाहकै कारण मंसिरमा अन्य महिनाको तुलनामा सुनचाँदीको कारोबार बढेको व्यवसायी बताउँछन् ।

अहिले दैनिक २० किलो भन्दा बढीको सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । गत वर्षको मंसिरको तुलनामा भने कारोबार ५० प्रतिशत नै कमी रहेको उनको भनाइ छ । शाक्यले भने, ‘अहिले दैनिक २० किलो भन्दा बढी सुनका कारोबार भइरहेको छ ।

गत वर्षको भन्दा यस वर्ष भने ५० प्रतिशतसम्म कम भएको अनुमान छ । झण्डै १० महिनासम्म कारोबार ठप्प रहेकोमा अहिले बिहेको लगाले गर्दा कारोबार बढेकोमा व्यावसायीलाई राहत मिलेको छ ।’ मंसिरमा बिहेको लगन हुने भएकाले चहलपहल र माग दुवै बढेको शाक्यको भनाई छ ।

नेपाली बजारमा तोलाकै १ लाख रुपैयाँसम्म नाघेको थियो । मूल्यमा भइरहेको उत्तारचढावका कारण सुनचाँदीको कारोबार तीज, दशैं, तिहारका बेला पनि सन्तोषजनक हुन सकेन् । अहिले बिहेका लगनकै कारण सुनचाँदी कारोबारमा बिस्तारै चहलपहल बढ्न थालेको व्यावसायी बताउँछन् ।

Leave a Reply