आज सुनको मूल्य, हेर्नुहोस बजार भाउ

काठमाडौं । आज साताको छैटौ दिन शुक्रबार, नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको छ । यसअघि बुधबार पनि सुनको मूल्य ७०० रूपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५० निर्धारण गरिएको छ ।

त्यस्तै बुधबार प्रतितोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको चाँदीको भाउ बिहीबार १ हजार २ सय रुपैयाँमा झरेको थियो । आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ । बुधबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ ।

Leave a Reply