प्रधानमन्त्री ओली शोकमा

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई शोक परेको छ । प्रधानमन्त्री ओलीको ठूली आमाको निधन भएको छ। ओलीलाई शोक परेका कारण सोमबार बस्न लागेको मन्त्रिपरिषदको नियमित बैठक स्थगित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी ठूलीआमाको निधन भएपछि सोमवारको बैठक रोकिएको एक मन्त्रीले जानकारी दिएका छन्।मन्त्रिपरिषद् बैठकमा सहभागी हुन अधिकांश मन्त्रीहरु बालुवाटार पुगिसके पछि प्रधानमन्त्रीलाई ठूली आमाको निधन भएको खबर आएको थियो । बैठक रोकिएपछि उनीहरु बालुवाटारबाट बाहिरिएका छन्। आज स्थगित गरिएको बैठक मंगलबार बिहान ८ बजे बस्ने ती मन्त्रीले जानकारी दिए।

Leave a Reply