बार्सिलाेनामा राेनाल्डाेकाे स्वागत

च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा आजराति बार्सिलोनाले युभेन्टससँग खेल्दैछ । यो खेलको मुख्य हाइलाइट्स मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा रहेको छ ।

यो खेलमा सबैको नजर यी दुई खेलाडीको भिडन्त हुनेछ । करिव दुई बर्षपछि एक अर्काविरुद्ध खेल्ने तयारीमा रहेका रोनाल्डो र मेस्सीको खेल सबैको प्रतिक्षामा रहेको छ ।

यस्तैमा युभेन्टस बार्सिलोनासँग खेल्नका लागि क्याम्प नोउ पुगेको छ । युभेन्टस टिम बार्सिलोना पुग्दा रोनाल्डोको स्वागतमा समर्थकको भिड लागेको थियो । युभेन्टस बस्ने होटेल बाहिर रोनाल्डोलाई हेर्नका लागि दर्शकका भिड लागेको थियो ।

कोरोनाको संक्रमण कायमै रहेका बेलापनि रोनाल्डोलाई स्वागत गर्न सयौंको संख्यामा समर्थक पुगेका थिए । समर्थकले रोनाल्डो टिमको बसबाट बाहिर निस्किदा ‘सिउ’ भनेर नारावाजी लगाएका थिए ।

ला लिगामा रोनाल्डोले खेलेको बेला उनले गोल गर्दा रंगशालामा समर्थकले यहि नारा लगाउने गर्थे ।

Leave a Reply