‘ नेपाल मै छ छुट’

 गायक पशुपति शर्माले संसद विघटनलाई लक्षित गर्दै सांकेतिक रुपमा असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो गीतको एक अंश ‘लुट्न सके लुट…, मन लागेको गरे हुन्छ नेपाल मै छ छुट…’ पोस्ट गरेका छन् । 

यसैगरी उनले कोरोनाको चपेटामा रहेका बेला पुनः संसदीय निर्वाचनमा जाने निर्णय सान्दर्भिक नरहेको धारणा राखेका छन् । 

“कोरोनाका कारण देशको अर्थतन्त्र तहसनहस छ । चरम आर्थिक संकट छ । चुनाव गर्ने पैसा कताबाट आउँछ,” उनी सामाजिक सञ्जालमार्फत प्रश्न गर्छन्, “जनता भोकले मर्दा मात्रै हो पैसा नहुने ? कि के हो, सोच्दा सोच्दै बौलाइसकियो ।”

उनको यो गीत सरकारले गरेका भ्रष्टाचार तथा अनियमितता तथा अस्वाभाविक क्रियाकलापलाई लक्षित गर्दै सार्वजनिक भएपछि संसदमा बहस भएको थियो । सरकारका जनवर्गीय तथा भात्रृ संगठनहरुले दबाब दिए पछि युट्युबबाट हटाउनु परेको थियो । 

Leave a Reply