पर्खाइ मा प्रिन्स को दमदार अभिनय

दशैको कोसेलीस्वरुप ९ बर्षिय प्रिन्स प्रसिद्ध सिंह थापा’को दमदार अभिनयमा सर्ट फिल्म पर्खाइ रिलिज भएको छ ।सार्वजनिक भएको छोटो समयमा उक्त शर्ट फिल्मले चर्चा परिचर्चा पाएको छ । दशैको टीका लगाउन बिदेशी बाबाको पर्खाइमा बसेका आम बालबालिकाको मनोबिज्ञानलाई नजिकबाट केलाइएको छ । कोरोनाको असर,परदेशीको पिडा र पारिवारिक महत्वलाई दशैको माध्यमबाट दर्शाइएको छ ।

सानो उमेरबाट नै अभिनयमा सक्रिय प्रिन्सले विभिन्न बिज्ञापन र म्युजिक भिडियोमा अभिनय गरेका छन । साथै गरिब बालबालिकालाई सहयोग गर्न प्रिन्स फाउन्डेसन नामक संस्था पनि खोलेका छन ।

पर्खाइमा प्रिन्सका अलवा सन्ध्या श्रेष्ठ,प्रेम श्रेष्ठ,एलिना थापा लगाएत स्थानिय कलाकारहरुको अभिनय देख्न सकिन्छ । शर्ट फिल्म पर्खाइ’लाई मोडेल तथा भिजे सबनम चौधरी’ले लेखेकि हुन।उक्त फिल्मले नेपाली समाज’को यथार्थ चित्रण गरेको सबनम चौधरी’ले बताईन ।पर्खाइलाई अनिल बिडीआरले निर्देशन गरेका हुन भने क्यामरा बुध्द श्रेष्ठ र सम्पादन सबनम चौधरीको रहेको छ । उक्त फिल्म Next world को युट्युब च्यानलमा हेर्न सकिन्छ ।

Leave a Reply