अभिनेत्री आँचलको आम्दानी बढ्यो, राखिन् म्यानेजर

काठमाडौ – कोरोना कहरकाबीच धेरै वेरोजगार भएको बेलामा अभिनेत्री आँचल शर्मा भने वेफुर्सदिलो भएकी छन् । उनले आफ्नो आम्दानी बढ्दै गएको संकेत गरेकी छन् । विवाह अघि सम्म आफ्नो काम आफै गर्दै आएकी आँचलले आफ्नो सहयोगका लागि म्यानेजर राखेकी छिन् ।

दुई महिना अघि शर्माले एक महिलालाई म्यानेजरको रुपमा नियुक्त गरेको बताएकी छन् । एक वर्ष अघि विवाह गरेकी आँचलले एक पछि अर्को म्युजिक भिडियोमा काम गर्दै गएकी छन् । लकडाउनका समयमा पनि उनी निकै ब्यस्त छन् ।

विवाह लगत्तै भएको लकडाउनका कारण लामो समय परिवारको साथमा रहेकी उनी लकडाउन पछि कामलाई निरन्तरता दिएकी हुन् । शर्माले मिलन च्याम्सको निर्देशनमा बन्न लागेको एक चलचित्रमा समेत काम थालेकी उनले अर्को चलचित्रका लागि पनि अनुबन्ध भएको बताइएको छ । विवाहअघि उनले ‘झिँगेदाउ’को छायांकन पूरा गरिसकेकी छिन् ।

शर्माको सबैभन्दा पछिल्लो ‘चलचित्र दाल भात तरकारी’ हो । शर्माले भन्दाअगाडि अनमोल केसी, नम्रता श्रेष्ठ लगायतले म्यानेजर नियुक्त गरिसकेका छन् । म्यानेजरमार्फत् व्यक्तिगत काम सजिलो बनाउन व्यवस्थापन गर्ने अभ्यासले नेपालमा पनि जरा गाड्न थालेको छ ।

Leave a Reply