नेपालमा नयाँ कोरोना भाइरस आयो

डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए । उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिए ।अझ बढ्ता सङ्क्रामक पाइएको कोभिड(१९ को नयाँ प्रकार यूकेबाहेक अन्य कैयौँ युरोपेली देश एवम् क्यानडा र जापानमा समेत पुष्टि गरिएको छ। स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र फ्रान्समा भेटिएका सङ्क्रमितको सम्बन्ध यूकेबाट फर्केका मानिसहरूसँग पाइएको छ।नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उनले जानकारी दि ।नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताएपनि उनले देशहरुको नाम भने उल्लेख गरेका छैनन् ।

भाइरसको नयाँ प्रकार देखिएपछि गतसाताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्। अधिकारीहरूका अनुसार क्यानडाको ओन्टेरियोमा सङ्क्रमित पाइएका एक दम्पतीले भने न हालै कुनै यात्रा गरेका थिएनन् न उच्च जोखिममा रहेका कसैलाई भेटेका थिए। जापानमा सबैभन्दा पहिले यूकेबाट फर्किएका पाँचजना यात्रुमा सङ्क्रमण देखिएको थियो।

वैज्ञानिकहरूले यूकेको अनुसन्धान प्रणाली बलियो रहेको कारण भाइरसको नयाँ प्रकार सबैभन्दा पहिला उक्त देशमा देखिएको हुनसक्ने बताउँछन्। विज्ञहरू भन्छन्उ-क्त नयाँ प्रकार यसअघिको भन्दा धेरै सङ्क्रामक भए तापनि त्यो सङ्क्रमितका लागि थप खतरनाक नै हुन्छ भन्ने चाहीँ छैन।

नयाँ प्रकारको कोरोनाभाइरस सुरुमा सेप्टेम्बरमा इङ्ग्ल्यान्डमा देखा परेको थियो। केही सातायता लन्डन, अनि पूर्वी एवम् दक्षिणपूर्वी इङ्ग्ल्यान्डमा सङ्क्रमणको दर बढ्नुमा यसैलाई दोष दिइएको छ।लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ ।बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छन् ।

भाइरसको नयाँ प्रकार देखिएपछि गतसाताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्। अधिकारीहरूका अनुसार क्यानडाको ओन्टेरियोमा सङ्क्रमित पाइएका एक दम्पतीले भने न हालै कुनै यात्रा गरेका थिएनन् न उच्च जोखिममा रहेका कसैलाई भेटेका थिए। जापानमा सबैभन्दा पहिले यूकेबाट फर्किएका पाँचजना यात्रुमा सङ्क्रमण देखिएको थियो।

त्यसपछि पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ। जापानले सोमवारबाट एक महिनाका लागि धेरैजसो गैरआवासीय विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउँदैछ।

यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाई छ ।

Leave a Reply