छिट्टै दाम्पत्य जीवनमा जोडिँदै हाँस्यकलाकार मनोज गजुर

काठमाडौं। हाँस्यकलाकार मनोज गजुरेलले दोस्रो बिवाह गर्ने भएका छन् । एक टेलिभिजन कार्यक्रको अन्तवार्तामा गजुरेलले आफू चाँडै बिवाह बन्धनमा बाधिने बताएका हुन्।

उनले भने ‘चाँडै नै तपाईको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु, हामी जाोडिँदै छौं । अहिलेलाई यति मात्र भनौं।

उनले दोस्रो बिवाह हुने बताए पनि कोसँग बिहे हुने भन्ने बारेमा भने केही खुलाएका छैनन् । गजुरेल र मीना ढकाल तीन वर्ष अगाडि सहमतिमा सम्बन्ध विच्छेद गरेपछि उनले पहिलो पटक आफ्नो बिवाहको बारेमा यसरी खुलेर कुरा गरेका हुन्।

Leave a Reply