चितवनमा घट्यो फेरी अर्को जातिय विभेदको

हिजो आज चितवनमा धेरै घटनाहरु घटीरहेका छन् । घटनै घटनाको थलो चितवनमा एक दिन अघि मात्रै फेरी अर्को घटना घटेको छ । यो घटना ठूला जातिले भन्नेले साना जाति भन्नेमाथि घटाईएको घटना भने होइन । यो त कथित तल्लो जात भनिएका दलित समूदाय भित्रकै छुवाछुतका कारण घटेको घटना हो ।

उनीहरु दुवैले एकअर्कासंग प्रेम गरे । त्यो प्रेम गर्दाको समयसम्म उनीहरुले हाम्रो जात मिल्दैन भनेर जातको वास्ता नै राखेनन् । एकअर्कासंग केवल मन मिलाई रहे । समाजले बनाएको नमिल्ने त्यो जातलाई उनीहरुले आफ्नो प्रेममा मिलाउनै चाहेनन् । जब स्वस्तिमा र विशाललाई लाग्यो अब सानो र सुन्दर परिवार बनाउनु पर्छ भन्ने तब उनीहरुले बिहे गरे तर घरपरिवारले भने स्वीकारेको थिएन ।

घरमा भित्रीन नपाउँदै स्वस्तिमा झुण्डीएको अवस्थामा फेला परिन् । स्वस्तिमा मृत फेला परेको कुराले उनको माईतमा रुवाबासी नै मच्चिएको छ । उनकी दिदी बहीनीहरु घटनाको पकृतिलाई रुँदै यसरी पुरै घटनाको बारेमा बताई रहेका छन् ।

जस्मा परियारकी छोरीलाई विश्वकर्माको छोराले बिहे गरेको निहुँमा घटना घटेको छ । मायाको कुनै जात हुँदैन । चाहे त्यो ठूला जात भनिने जातमा होस् या फेरी साना जात भनिने जातमा नै किन नहोस् माया त माया नै हो । चितवनमा स्वस्तिमा परियार नाम गरेकी युवतीले विशाल विश्वकर्मा नाम गरेका युवकसंग माया गरिन् ।

Leave a Reply