हरि र रचनाको चिठ्ठीसँगै तिम्रो फोटो

काठमाडौं । हरि लम्साल र रचना रिमालको स्वरमा रहेको नयाँ गीत चिठ्ठीसँगै तिम्रो फोटो… सार्वजनिक भएको छ । 

लक्ष्मी वर्देबाको शब्द रचना रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् । 

विगतको प्रेम सम्झिएर नोस्टाल्जिक भएको कथा बोल्ने गीतले जिन्दगीको मिठो सम्झना प्रस्तुत गरेको छ । माया गरेको मान्छेको आगमनको पखाई नै गीतको मुख्य कथा हो । 

गीतको भिडियो पनि तयार पारिएको छ । भिडियोमा लक्ष्मी वर्देवा र जीवन भट्टराईले अभिनय गरेका छन् । लक्ष्मी र जीवनसँगै भिडियोमा आश्विनी वर्देवालाई पनि देख्न सकिने छ । 

लक्ष्मी र जीवन स्यवंले निर्देशन गरेको भिडियो बुद्ध थापाले खिचेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका छन् । 

Leave a Reply