खोप लगाएको भन्दा पनि राम्रो हो कोरोना जित्नु भनेको

चिसोमा कारोनाको जोखिम बढ्छ भन्ने पनि हल्ला फैलिएको सुनिन्छ । तर चिसो वा तातोले भाइरसलाई खासै असर पर्दैन । भाइरसले प्राकृतिक नियमलाई नै उछिनेर अगाडि बढेको हुन्छ । तर हाम्रो मानव शरीर गर्मीमा भन्दा जाडोमा अलि कमजोर हुन्छ । किनभने मुटुले धेरै काम गर्छ, फोक्सोले धेरै काम गर्छ, त्यसैले जाडोले रोग प्रतिरोधात्मक शक्तिलाई कमजोर बनाएको हुन्छ । त्यसैले भाइरसले कमजोर बनाउने होइन कि मानव शरीर कमजोर हुने हो । जुन अहिले हामी कोरोनाको अवस्थामा छौं, यदि वरिपरि कोरोना संक्रमित छैनन् भने त्यही गतिमा कोरोना बढ्छ भन्ने पनि छैन ।सबैभन्दा महत्वपूर्ण कुरा भनेको नेपाली समाजको कुरा गर्दा राति र बिहान जाडो बढी हुन्छ । यस्तोबेला राति कोठा बन्द गरेर लामो समयसम्म बसिदिन्छौं । यदि त्यो कोठामा कोरोना संक्रमण भएको रहेछ कसैलाई भने त्यसको मुखबाट निस्किने थुकका छिटाबाट कोरोना अरुलाई पनि सर्छ । त्यसैले सकेसम्म जाडोमा वृद्धवृद्धा, बालबालिका र जोखिम समूह भएका व्यक्तिहरु बसेको बन्द कोठामा जानु हुँदैन । बरु उहाँसँग अन्तरक्रिया गर्नुछ भने बाहिर बसेको बेला भेट्ने र उहाँहरुलाई मास्क प्रयोग गर्न लगाउने गर्नुपर्छ ।

अहिले कसैैले कोरोनाको जोखिम टरेकोे छ भन्ने सोचेकोे छ भने त्यो गलत सोचाइ हो । घटेको भने अवश्य हो, तर त्यसको जोखिम टरेको भने होइन । एक जनामा मात्र पनि भाइरस संक्रमण छ भने त्यसले अरुलाई पनि भाइरस सार्न सक्छ । त्यो एक जनाले अहिलेसम्म संक्रमण नभएका जोकोहीलाई पनि त्यसले सार्न सक्छ । त्यसैले यसलाई एकदम हलुको तरिकाले लिनु हुँदैन ।

Leave a Reply