चारजना मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ

मोरङको विराटनगर महानगरपालिका ४, स्थित नोबेल अस्पतालको परिसरमा पार्किङ गरी राखेको को.३९ प २४४२ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका ४ स्थित बुढाथोकी मार्गबाट प्रदेश.१–०२–०४२ प ७३४८ नम्बर राखेर नम्बर प्लेट परिवर्तन गरी मोटरसाइकल डोर्याउँदै ल्याइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका बस्ने २० वर्षीय विवेक थन्दार, २० वर्षीय अमन थन्दार, बुढिगंगा गाउँपालिका २ बस्ने २० वर्षीय पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका १० बस्ने २० वर्षीय नगेन्द्र चौधरी छन् ।

Leave a Reply