चिरन्जिवीको‘रामप्यारी’सार्वजनिक

मिलन फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा चिरन्जिवी खनालको ‘रामप्यारी’बोलको गीत सार्वजनिक भएको छ ।

सानैदेखि कलाकारिता क्षेत्रमा रुचि राख्दै आएका चिरन्जिवी खनाल बहुप्रतिभाशाली ब्यक्ति हुन । ‘मेरो रगतमै कलाकारिता छ ’चिरन्जिवी खनालले भाबुक हुदै भने ।
चिरन्जिवी खनाल भबिष्यमा एक सफल स्रष्टा बन्ने लक्ष्य लिएर निरन्तर अगाडि बढ्दै छन ।

संगम थापाको शब्द संगीत रहेको उक्त गीतमा संगम थापा र प्रतिमा अर्यालको सुमधुर स्वर सुन्न सकिन्छ । लक्ष्मण लम्सालको छायाँकन र धिताल फिलस्को सम्पादन रहेको उक्त गीतमा दिनेश श्रेष्ठ र सुनिता गिरीको सामूहिक गायन रहेको छ ।

मिलन फिल्मस् प्रोडक्सनले अडियो भिडियो तयार गरेको छ भने सोही नामको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ । उक्त गीतले सार्वजनिक भएको छोटो समयमै धेरै भ्युज तथा राम्रा प्रतिक्रिया पाएको छ ।

Leave a Reply