‘अस्थायी संरचनामै राजधानी सार्न हतार नगरौं’ लुम्बिनी प्रदेशका सत्ता-प्रतिपक्षका सांसदहरुले भने

लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भवना नरहेको सत्ता र प्रतिपक्षका सांसदहरुले बताएका छन् ।

बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवााङको अस्थाई संरचना मै कार्यालयहरु लैजादँ राज्यलाइ करोडौ रुपया आर्थिक भार पर्ने भएकाले उपर्युक्त स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजादा उपर्युक्त हुने उनीहरुको धारणा छ ।

रिपोर्टर्स् क्लव लुम्बिनी प्रदेश बुटवलारा आयोजित साक्षात्कार कायक्रममा बोल्दै नेपाली कँंग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले प्रदेशको राजधानी र नामाकरणपछि सरकार दायीत्व पूरा नभएको भन्दै नया ठाउमा राजधानी स्थापित गर्न सरकार थप गम्भीर भएर लाग्नुपर्ने बताए ।

‘प्रदेशसभाको हिंउदे अधिवेशन दाङमा गर्ने हल्ला सुनिएको छ, यहि हालतले देउखुरीमा कसरी बैठक बस्न सक्छ,संरचना केहि छैनन् ? ’उनको प्रश्न छ । उनले भने— ‘अस्थायीबाट फेरि अस्थायी कसरी जाने भौतिक संरचनाको निमार्ण सकेर लैजानुपर्छ ,बरु छटो काम होस्।’

उनले नेकपा विवाद कुनै सैद्धान्तिक र बैचारिक नभएको भन्दै सत्ता र शक्ति केन्द्रीत भएको टिप्पणी गरे । उनले यस्तो महामारीको बेलामा पार्टी भित्रको झगडाका कारण देशलाई बर्वाद बनाउन नहुने भन्दै जनताप्रति खेलबाड नगर्न उनको आग्रह छ ।

संघीय सरकार जनतालाई डेलिभरी दिन नसकेको भ्रष्ट्रचारमा डुबेको , संविधान विपरीत क्रियाकलाप गरेको,नीति नियम नमानेको,तानाशाही भएकोले नैतिक रुपमा पतन भैसकेको आरोप लगाए ।

उनले सरकारलाई सत्तामा बस्ने कुनै अधिकार नभएको आरोप लगाए । नेपाल कनिष्ठ पार्टी ( नेकपा) लुम्बिनी प्रदेश प्रमुख सचेतक भुमेश्वर ढकालले राजधानी स्थापित र व्यवस्थित गर्न समय लाग्ने बताए । उनले दीर्घकालिन संरचना निमार्ण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको बताए ।

Leave a Reply