मेस्सीको गोलमा बार्सिलोनाको जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ । आइतबार राति भएको खेलमा कप्तान लियोनल मेस्सीको गोलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो । 

घरेलु मैदानमा नाउ क्याम्पमा बार्सिलोनाले रेलिगेशन क्षेत्रमा रहेको लेभान्तेमाथि १–० को जित निकालेको हो । 

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा गोल गर्न सफल भएको हो । 

खेलको ७६ औं मिनेटमा डी जोङले उपलब्ध गराएको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।  जितसँगै बार्सिलोनाले लिगमा ११ खेलबाट १७ अंक जोडेको छ । बार्सिलोना लिगको आठौं स्थानमा छ । पराजित लेभान्टे ११ अंकसहित रेलिगेसन जोनमा छ । 
 

Leave a Reply