बार्सिलोनाको अपेक्षा, सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (आइतबार) उपाधि दावेदार बार्सिलोनाले लेभान्टेसँग प्रतिस्पर्धा गर्दैछ ।  घरेलु मैदानमा बार्सिलोनाले लेभान्टेसँग खेलन लागेको हो । बार्सिलोना र लेभान्टेबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ । 

आजको खेलमा बार्सिलोना जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा रहेको छ । लिगमा १० खेल खेलेको बार्सिलोना १४ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ ।  आजको खेलमा जित निकाल्न सकेमा बार्सिलोना दुई स्थान माथि उक्लने छ । यता लेभान्टे पनि आजको खेलमा जित निकाल्दै रेलिगेसन जोनबाट आफूलाई माथि उकास्ने योजनामा रहेको छ । लिगमा ११ खेल खेलेको लेभान्टे ११ अंक सहित रेलिगेसन जोनमा रहेको छ । 

Leave a Reply