एन्फाले नेपाली फुटबलकाे सहयाेगका लागि छलफल गर्ने

अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष नेपाली फुटबललाई सहयोग र मैत्रीपुर्ण खेलको आयोजनाका लागि छलफल गर्न आज राति कतार प्रस्थान गर्देछन । एशियन च्याम्पियन्स लिग र मध्यपूर्व फुटबल प्रतियोगिताका विषयमा कतारमा हुने कार्यक्रमका लागि एन्फा अध्यक्ष कर्मा जान लागेका हुन ।

सोहिबेला उनले नेपाली फुटबल विकाशमा कतारको सहयोग कसरी लिन सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ । उनले कतारी फुटबलका पदाधिकारीका साथै अरु फुटबल संघका पदाधिकारीसँग छलफल गर्ने बताए । यसका साथै नेपाली फुटबल टिमका लागि मैत्रीपुर्ण खेलको आयोजनाका विषयमा पनि छलफल र प्रस्ताव गर्ने बताए ।

अध्यक्ष कर्मासँगै एन्फाका अन्तराष्ट्रिय सम्बन्ध हेर्ने आयुश खड्का पनि जानेछन । यसपटक एन्फाले नेपाललाई सहयोगका लागि अपिल गर्ने बताइएको छ । नेपाली फुटबलमा कतारी कम्पनीको संलग्नता रहेको छ ।

गत बर्षको ए डिभिजन लिगमा कतार एयरवेजले प्रायोजन गरेको थियो । आगामी दिनमा अरुपनि सहयोग जुटाउन संभावनाका साथ नेपालले छलफल गर्ने बताइएको छ ।

Leave a Reply