एउटै पर्दामा देखि‌ँदै आमिर, सलमान र शाहरुख

बलिउडका तीन खान–आमिर, सलमान र शाहरुख एउटै फिल्ममा देखिने भएका छन् । तीन खानलाई दर्शकहरुले फिल्म ‘लाल सिंह चड्ढा’ मा देख्न पाउने भएका हुन् ।

हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ मा शाहरुख एक विशेष भूमिकामा देखिँदैछन् । सोही फिल्ममा अब सलमान खानलाई पनि विशेष भूमिका प्रदान गरिएको छ । सलमानले उक्त भूमिकालाई स्वीकारिसकेको भारतीय सञ्चार माध्यहरूले उल्लेख गरेका छन् ।

‘लाल सिंह चड्ढा’ मा सलमान खान प्रेमीको भूमिकामा देखिने छन् । फिल्ममा शाहरुखको सुटिङ सकिएको छ भने सलमानको सुटिङ सुरू गर्न लागिएको छ । आफ्नो व्यस्त समयको वाबजुद पनि सलमानले आमिरको लागि एक दिनको समय निकालेको उल्लेख गरिएको छ । सलमानले आफ्नो सुटिङ डिसेम्बर २० का दिन गर्ने जनाइएको छ ।

फिल्ममा तीन खान देखिने भएपनि एकसाथ एउटै फ्रेममा भने देखिने छैनन् । फिल्म सन् २०२१ को क्रिसमसमा रिलिज गरिनेछ ।

Leave a Reply