महानायकसग चलचित्रमा डेब्यु गर्दै प्रिन्स

खुल्ला प्रतिस्पर्धामार्फत बहुप्रतिभाका धनी ९ बर्षे बालक प्रिन्स प्रसिद सिंह थापाले सत्यम मुभिको लागी सर्बोत्कृस्ट अंक हांसिल गरी बालकलाकारको मुख्य भूमिकामा चलचित्र सत्यम मार्फत डेब्यु गर्न लागेका छन ।

नाताबाद,कृपाबाद,परिवारबाद बाट माथी उठेर पनि नेपाली चलचित्रको विकास निर्माण गर्न सकिन्छ भन्न्ने उदाहरण प्रस्तुत गर्दै नेपाली चलचित्र क्षेत्रलाई राज्यले चलचित्र उधोग को मान्यता प्रदान गर्नुपर्दछ भन्न्ने माग राख्दै नेपालको बिभिन्न कुना काप्चामा गइ निशुल्क प्रतिस्पर्धा मार्फत नयाँ प्रतिभाहरु समेत लाई अबसर प्रदान गरी नब युग सिनेमा प्रा. लि.ले निर्माण गर्न लागेको चलचित्र सत्यम नयाँ सोच बाट बन्न्न लागेको छ ।

बिगत लामो समय देखी देशब्यापी निशुल्क रुपमा भइ रहेको अडिसनमार्फत् यस चलचित्रमा “बाल कलाकार” को भूमिका मा ९ बर्षे बालक प्रिन्स प्रसिद सिंह थापा समेतले यस चलचित्रको लागि अडिसन दिएकोमा सो प्रतिस्पर्धामा सर्बोत्कृस्ट अंक हांसिल गरी बालकलाकारको मुख्य भूमिकामा चयन भएका छन । लामो समय पछी महानायक राजेश हमाल ज्युले पुन चलचित्रमा पुनरागमन गर्न लाग्न्नु भएको छ भने यस चलचित्रमा पल शाह र अनुप बिक्रम शाही को पनि मुख्य भूमिका रहने जनाइएको छ ।

प्रिन्सले भोक अनि पर्खाइ जस्तो लघु चलचित्र बाट हाम्रो मन जिती सकेका छन । सामाजिक कार्यमा पनि उति नै सक्र्य प्रिन्स नाम मात्र प्रिन्स होइन काम पनि कुनै प्रिन्सको भन्दा कम छैन । प्रिन्स गरीब र असहाय बाल बालिका हरु को आवाज हुन। त्यसैले प्रिन्स जस्तो अमुल्य रत्न्न नेपाली सिनेमा को लागि पनि आबस्यकता छ त्यसैले यस्तो होनाहार प्रतिभा लाई सत्यम टिमले खुल्ला प्रतिस्पर्धा मार्फत खुल्ला प्रतिस्पर्धा गर्ने अबसर दिएकोमा नेपाली सिने क्षेत्र प्रती हाम्रो सकरात्मक प्रभाब परेको छ । अब नेपालामा पनि प्रतिभा को कदर गर्ने सस्था रहेछ है भन्न्ने कुरा प्रिन्सको खुल्ला प्रतिस्पर्धात्मक छनोट ले पुस्टी गरेको छ । सुखद तथा ऐतिहासिक डेब्युका लागि प्रिन्सलाई अग्रिम शुभकामना ।