ऊ… ऊ… सगरमाथा !

२० मंसिर, काठमाडौं । शनिबार बिहान ७ बजे त्रिभुवन विमानस्थलबाट सगरमाथालाई गन्तब्य बनाएर उडेको बुद्ध एयरको एटीआर जहाजलाई पच्छ्यायो यती एयरको एटीआरले । काठमाडौं शहरलाई एक फन्कोमै पार गरेको जहाज धादिङको आकास नपुग्दै झुल्के घामका कारण टलक्कै टल्किएका हिमालको अगाडि पुग्यो ।

बोर्डिङ पाससँगै टिकट काउन्टरमा दिएको नक्सा पल्टाउँदै एयरहोस्टेसले उदघोष गरिन्, ‘यात्रु महानुभावहरु अहिले हामी लाङटाङ रेन्जमा छौं ।’ यसरी शुरु भयो सगरमाथालाई नजिकबाट नियाल्न सकिने हिमाली रेन्जको हवाई यात्रा ‘माउन्टेन फ्लाइट’ ।लाङटाङ रेन्जबाट अगाडि बढ्दै गर्दा जहाज हिमालको अझ नजिक पुग्यो । सेताम्य बादलको घुम्टोले प्रकृतिलाई छपक्क छोप्दा पनि हिम चुचुरा भने हिउँदमासको झुल्के घाम ताप्न मस्त रहेजस्तै भान हुन्थ्यो । हुस्सु हिमचुचुराको निकै तल च्यादरसरी देखिन्थ्यो । जहाजले गोसाइथान चुचुरो पार गरी दोर्जेलाक्पा चुचुरो पुग्दा भने हिमाल र जहाजको दूरी निकै कम भइसकेको थियो । त्यसपछि स्पष्ट देखियो गौरी–शंकर ।भगवान शिव र पार्वतीको रुप मानिने गौरी–शंकरबाट नुम्बर, चोयु, पुमोरी हिमाल अवलोकन गर्दागर्दै एयरहोस्टेसको उदघोष आयो, ‘यात्रु महानुभावहरु हामी यो यात्राको सबैभन्दा आकर्षक क्षणमा छौं, माउन्ट एभरेष्ट तपाईंको सामुन्नेमा छ ।

Leave a Reply